पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार आगलागीका ५, पहिरोका ८, सर्पदंशका १, बाढीका ३, जनावर आक्रमणका २, चट्याङका १ तथा अविरल वर्षासम्बन्धी ४ घटना गरी विभिन्न प्रकृतिका विपद्का घटना भएका हुन् ।

विपद्का घटनाबाट ८ जिल्लाका नागरिक प्रभावित भएका छन् । घटनामा ३ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । यी घटनाबाट करिब ३९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । साथै, घटनाको व्यवस्थापन तथा उद्धारका लागि नेपाल प्रहरीका १९५ जना सुरक्षाकर्मी परिचालन गरिएको बुलेटिनमा उल्लेख छ ।

प्राधिकरणले मनसुन सक्रिय रहेकाले पहिरो, बाढी, चट्याङ तथा सर्पदंशजस्ता विपद्का जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ३ : ४९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको