पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार आगलागीका ५, पहिरोका ८, सर्पदंशका १, बाढीका ३, जनावर आक्रमणका २, चट्याङका १ तथा अविरल वर्षासम्बन्धी ४ घटना गरी विभिन्न प्रकृतिका विपद्का घटना भएका हुन् ।

विपद्का घटनाबाट ८ जिल्लाका नागरिक प्रभावित भएका छन् । घटनामा ३ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । यी घटनाबाट करिब ३९ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । साथै, घटनाको व्यवस्थापन तथा उद्धारका लागि नेपाल प्रहरीका १९५ जना सुरक्षाकर्मी परिचालन गरिएको बुलेटिनमा उल्लेख छ ।

प्राधिकरणले मनसुन सक्रिय रहेकाले पहिरो, बाढी, चट्याङ तथा सर्पदंशजस्ता विपद्का जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ३ : ४९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय