८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ « Khabarhub

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष केपी ओलीलाई हटाउनुपर्ने मत प्रकट गरेका छन् ।

पार्टीले आन्तरिक रूपमा गरेको सर्वेक्षणमा आफ्नो मत प्रकट गर्दै दुई तिहाई नेता तथा कार्यकर्ताले अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आफ्नो मत प्रकट गरेका हुन् । १०.५ प्रतिशत नेता तथा कार्यकर्ताले भने अहिलेको नेतृत्व नै ठिक रहेको मत प्रकट गरे ।

साथै, बाँकी नेता तथा कार्यकर्ताले भने कुनै सरोकार राखेनन् ।

त्यस्तै, पार्टीको नेतृत्वको आचरणबारे गरिएको प्रश्नमा ९५.४ प्रतिशत नेता तथा कार्यकर्ताले सुध्रिनुपर्ने धारणा राखे भने कार्यशैलीको प्रश्नमा पनि ९४.९ प्रतिशतले सुध्रिनुपर्ने धारणा व्यक्त गरे ।

अहिलेको अवस्थामा एमाले अगाडि बढ्न नसक्ने धेरै नेता तथा कार्यकर्ताको मत देखिएको छ । आन्तरिक सर्वेक्षणमा ९१.४ प्रतिशतले अहिलेकै अवस्थामा एमाले रूपान्तरण हुनुपर्ने मत प्रकट गरेका छन् भने ७.४ प्रतिशतले भने सक्ने दाबी गरे ।

पार्टी नीतिको सन्दर्भमा पनि अधिकांश एमाले नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको देखिएको छ । विद्यमान पार्टीको नीति परिमार्जन हुनुपर्ने पक्षमा ८७.५ प्रतिशतले मत प्रकट गरेका छन् भने १०.५ प्रतिशतले हालकै नीति ठिक रहेको धारणा राखेका छन् ।

एमालेमा अहिले देखिएको समस्या समाधानको लागि विशेष महाधिवेशन गर्नुपर्ने धेरैको मत रहेको देखिएको छ । ४७.७ प्रतिशत नेता तथा कार्यकर्ताले विशेष महाधिवेशन गर्नुपर्ने मत प्रकट गरेका छन् भने २५ प्रतिशतले अर्लि महाधिवेशन गर्नुपर्ने पक्षमा आफ्नो मत प्रकट गरेका छन् । तर, २४ प्रतिशत एमालेले भने सो विषयमा कुनै धारणा नै राख्न चाहेनन् ।

एमालेमा नेतृत्व हटाउँदा कुन तहको व्यक्ति ल्याउँदा ठिक होला भन्ने प्रश्न पनि एमालेले आन्तरिक सर्वेक्षणमा राखेको थियो । सो प्रश्नमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रबाट ल्याउनुपर्ने मत प्रकट गरेका छन् भने १६.७ प्रतिशतले पदाधिकारीबाट ल्याउनुपर्ने मत प्रकट गरे ।

पार्टीको अहिलेको संगठनात्मक संरचनामा पुनः संरचना आवश्यक भएको र पार्टी नेतृत्व चयन प्रक्रियामा सबै संगठित सदस्यलाई मत लिने व्यवस्था गर्नुपर्ने बारे पनि अधिकांश नेता तथा कार्यकर्ताले मत प्रकट गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ४ : ०३ बजे

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत

नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो