प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने « Khabarhub

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

समितिको बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा प्रस्तावित डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित पदाधिकारीहरूबारे सार्वजनिक उजुरी आह्वान गर्न शुक्रबार सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ।

यस्तै, समितिले प्राप्त उजुरीमाथि छलफल तथा सुनुवाइ प्रक्रिया अगाडि बढाउन साउन ५ गते अर्को बैठक बस्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. सुब्बा र वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ४ : ०९ बजे

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत

नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो