न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन « Khabarhub

न्यून गुणस्तरका दुई औषधि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुई प्रकारका औषधि न्यून गुणस्तरको पाइएपछि तत्काल बिक्री–वितरण रोक्न तथा बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।

विभागले बिहीबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा सम्बन्धित ब्याच नम्बरका औषधिहरू तोकिएको गुणस्तर मापदण्डअनुसार नभेटिएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न भनिएको हो ।

फिर्ता गर्न निर्देशन दिइएका औषधिहरूमा एग्लोसेफ १ ग्राम (सेफ्ट्रियाक्सोन सुईमार्फत प्रयोग गरिने औषधि) र एडोक्सी (डक्सिसाइक्लिन क्याप्सुल) रहेका छन् । 

विभागका अनुसार एग्लोसेफ १ ग्रामको ब्याच नम्बर एन–४५२५०१ रहेको छ। उक्त औषधि २०२५ अप्रिलमा उत्पादन भई २०२७ सेप्टेम्बरसम्म प्रयोग गर्न मिल्ने म्याद रहेको छ । 

परीक्षणका क्रममा यो औषधि जीवाणुजन्य विषाक्त पदार्थ परीक्षणमा भारतीय औषधि मापदण्ड–२०२२ अनुसार नभेटिएको विभागले जनाएको छ । त्यस्तै, एडोक्सीको ब्याच नम्बर सी–८१०६० रहेको छ ।

२०२४ डिसेम्बरमा उत्पादन भई २०२६ नोभेम्बरसम्म म्याद रहेको उक्त औषधि तौलको एकरूपता परीक्षणमा भारतीय औषधि मापदण्ड–२०२२ को मापदण्ड पूरा गर्न नसकेको विभागले जनाएको छ ।

एग्लोसेफ १ ग्राम भारतको एग्लोमेड लिमिटेडले उत्पादन गरेको तथा नेपालमा शुभलाभ फार्मा लिंक, वीरगञ्ज–४, पर्साले आयात गरेको हो । एडोक्सी भने एपेक्स फर्मास्युटिकल्स प्रालि, वीरगञ्जले उत्पादन गरेको औषधि हो ।

विभागले सम्बन्धित उद्योग, आयातकर्ता, वितरक, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई उक्त ब्याच नम्बरका औषधिको बिक्री, वितरण र प्रयोग नगर्न तथा बजारमा रहेका मौज्दात तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : ०८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय