हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी « Khabarhub

हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताएका छन् । 

लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने जनाउदै, काट्जको कार्यालयले विज्ञप्ति जारी गरेको छ । 

उनले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हेजबुल्लाहलाई निशस्त्र नगराउदा सम्म आवश्यक रहने कुरामा जोड दिए ।

काट्जले इजरायली सेनालाई लेबनानका लागि एक बलियो सुरक्षा कवजको रुपमा वर्णन गर्दै सेनाले पश्चिममा भूमध्य–सागर देखि दक्षिणी लेबनानको अर्नुन नजिकैको ब्युफोर्ट क्यासलसम्म फैलिएको क्षेत्र र पूर्वमा माउन्ट हर्मन सम्मको क्षेत्र ओगटेको बताएका छन् । 

उनले इजरायली सेना उत्तरी इजरायलको गालीलका बासिन्दाहरूलाई अनावश्यक छापा, गालाबारी र विभिन्न द्वन्द्व जन्य  खतराहरूको कहर बाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको बताएका छन् ।

अंकारामा आयोजना भएको  नेटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गरे पछि दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने विश्वास व्यक्त गरेको केहि समय पछि रक्षामन्त्री काट्जको यस्तो टिप्पणी आएको जनाइएको छ ।

सन् २०२४ नोभेम्बरमा सहमति भएको युद्धविरामले इजरायल र हेजबोल्लाह बीचको एक वर्ष भन्दा बढीको सीमापार गोलीबारीको अन्त्य गरेको जनाइएको छ यद्यपी इजरायलले लेबनानमा आक्रमणहरू जारी राखेको छ ।

इरान युद्धको बिचमा सन् २०२६ मार्चको सुरुमा फेरि लडाइँ भड्किएको थियो, हेजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेको थियो र इजरायली सेनाले दक्षिणी लेबनानमा भूमिगत  आक्रमण गरेको थियो ।

सन् २०२६ को जुनमा, इजरायल र लेबनान सुरक्षा सम्झौतामा पुगे, जस अन्तर्गत इजरायलले लेबनानको सेनालाई दुई क्षेत्र हस्तान्तरण गर्ने जनाइएको छ । 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ४ : १५ बजे

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र