लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ « Khabarhub

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौँ, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका(३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमलमाया पाख्रिनलाई अवैध लागुऔषध गाँजा करिब २२ किलो र नगद आठ हजार ५०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित बाबा पेट्रोलपम्प नजिकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम १५ मिलिग्रामसहित सोहीठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका–६ घर भएका ४२ वर्षीय नरेन्द्रकुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१८ बाट एक, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने एक, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट एक, भीमदत्त नगरपालिका–१८ भगतपुरबाट दुई, कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–८ नयाँबस्तीबाट एक, पर्साको वीरगञ्ज महानगरपालिका–१९ तिलावे पुलबाट एक, ललितपुरको गोदावरी नगरपालिका–८ हात्तीगौँडाबाट दुई र महालक्ष्मी नगरपालिका–१ बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–११ माथिल्लो धनसरीबाट एक, सुर्खेतको पञ्चपुरी नगरपालिका–११ बाट दुई, बाँकेको खजुरा गाउँपालिका–२ बाट दुई, सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको सहायतामा निजहरूलाई पक्राउ गरिएको उल्लेख गर्दै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ९ : ३८ बजे

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन