बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ « Khabarhub

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नेपाल बाल सङ्गठनकी तत्कालिन योजना तथा छात्रावृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल सङ्गठन ललितपुरका तत्कालिन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल सङ्गठन काठमाडौँका तत्कालिन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले नेपाल बाल सङ्गठन र बाल मन्दिरको सम्पत्ति हिनामिना तथा आर्थिक अनियमितता सम्बन्धमा उच्च स्तरीय जाँचबुझ आयोगले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १० : ४० बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित