चिनियाँ जातीय कानुनको विरोधमा जापानमा तिब्बती समुदायको प्रदर्शन « Khabarhub

चिनियाँ जातीय कानुनको विरोधमा जापानमा तिब्बती समुदायको प्रदर्शन


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा बस्ने तिब्बतीहरूले टोकियोस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका छन् । चीनले जुलाई १ देखि नयाँ ‘जातीय एकता कानुन’ लागू गरेको विरोधमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले तिब्बती भाषा र संस्कृतिको रक्षाको माग गरेका छन् ।

प्रदर्शनमा अमेरिकामा आत्मदाह गरेका एक तिब्बती अभियानकर्ताको पनि स्मरण गरिएको थियो । उनले चीनको यही नयाँ कानुनको विरोधमा आफ्नो शरीरमा आगो लगाएका थिए । प्रदर्शनमा सहभागीहरूले उनको आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । उनीहरुले चीन सरकारको नीतिको कडा विरोध गरे ।

चीनको नयाँ कानुनले चिनियाँ राष्ट्रको एकतामा आँच पुर्‍याउने कार्यलाई दण्डित गर्ने व्यवस्था गरेको छ । यसले तिब्बत जस्ता क्षेत्रहरूमा चिनियाँ भाषाको प्रयोग र प्रचारलाई अनिवार्य बनाएको छ । आलोचकहरूका अनुसार यसले तिब्बती संस्कृतिलाई समाप्त पार्नेछ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ७ : ०२ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको