बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते « Khabarhub

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरतर्फबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको बोलबम श्रद्धालु भक्तजन सवार ज१त ४८०८ नम्बरको ट्याक्टर साँझ ८ बजेतिर स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

दुर्घटनामा परी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर टोल निवासी १३ वर्षीय अनुराग मण्डल, सोही ठाउँका १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव घाइते भएका हुन् । यस्तै, ३३ वर्षीया मोनाकुमारी मण्डल, ५० वर्षीया चन्द्रकुमारी दास, ६० वर्षीय रामदुलारी दास, ४४ वर्षीया रामकुमारी दास, १७ वर्षीय पन्चा मण्डल, १७ वर्षीय आशिषकुमार यादव, १२ वर्षीया बिकी मण्डल, बिनाकुमारी मण्डल र १३ वर्षीय कृष्णाकुमार यादव घाइते भएको प्रहरी नायब उपरीक्षक पालले बताए।

उनका अनुसार घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर छ । घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ । घटनापश्चात ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ११ बजे

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’