काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न भएको घोषणा गरेको छ ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीनजना विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो ।
अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ ।
कम्पनीका अनुसार विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो ।
एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए ।
पुरस्कार ग्रहणपछि तीनै जना विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै नवीन, आकर्षक तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गरिरहोस्भ न्ने अपेक्षा व्यक्त गरेका थिए ।

सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो । उक्त योजनाअन्तर्गत समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेताका रूपमा घोषित भएका कम्पनीले जनाएको छ ।
कम्पनीलेले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्दै नेपाली उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।












प्रतिक्रिया