एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल  « Khabarhub

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न भएको घोषणा गरेको छ । 

अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीनजना विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो ।

अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ ।

कम्पनीका अनुसार विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो ।

एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू लक्की ड्रमा सहभागी भएका थिए ।

पुरस्कार ग्रहणपछि तीनै जना विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै नवीन, आकर्षक तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गरिरहोस्भ न्ने अपेक्षा व्यक्त गरेका थिए ।

सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो । उक्त योजनाअन्तर्गत समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेताका रूपमा घोषित भएका कम्पनीले जनाएको छ ।

कम्पनीलेले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्दै नेपाली उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : ४१ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको