प्रधानमन्त्रीलाई रुलिङ गरेर जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग « Khabarhub

प्रधानमन्त्रीलाई रुलिङ गरेर जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । 

बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिए ।

सांसद काउचाले आफुहरुले उठाएका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको र सदनलाई विश्वस्त पार्ने प्रयास नभएको भन्दै आपत्ति जनाइन् । प्रतिपक्षले प्रश्न सोध्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी वा अपमान नभएको धारणा उनले राखिन् ।

मुलुकको हितमा चालिने सही कदममा प्रतिपक्ष साथमा रहने भन्दै उनले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने धारणा राखिन् । 

उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरिन् । 

त्यस्तै त्यस्तै एमाले सांसद नीता घतानीले सत्ता पक्षका सांसदहरूलाई कुनै गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गरिन् । 

सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल सधैँ स्थायी रहने उनले बताइन् । सांसद घतानीले प्रतिपक्ष सदन अवरुद्ध गर्ने पक्षमा नरहेको र जनताका समस्या उठाउँदै जिम्मेवार रूपमा सदन चलाउन चाहेको स्पष्ट पारिन् ।

त्यस्तै अन्य विपक्षी दलका सांसदहरूले पनि नेपालले भारतको सीमा मिचेको थियो भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ सच्याउनुपर्ने माग गरो थिए । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्