उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता « Khabarhub

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो। पहिरोमा तीन घर पुरिँदा १३ जना भग्नावशेषमा पुरिएका थिए।

प्रहरीका अनुसार सोमबार बिहानसम्म उद्धारकर्मीले सात जनालाई जीवितै उद्धार गरेका छन्। पहिरोमा मृत्यु हुनेमा १७ वर्षीया किशोरी, नौ वर्षका दुई बालबालिका र ५६ वर्षीय पुरुष रहेका छन्।

उद्धार गरिएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लगातार बीचबीचमा वर्षा भइरहे पनि उद्धारकर्मीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

यसैबीच, पहिरोको जोखिममा रहेका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। थप सात जनालाई स्थानीय गाउँको सभाहलमा राखिएको छ।

प्रशासनले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ३८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्