‘प्रधानमन्त्रीले कालो चस्मा खोल्नुपर्छ, संसद्‍मा उभिएर माफी माग्नुपर्छ’ « Khabarhub

‘प्रधानमन्त्रीले कालो चस्मा खोल्नुपर्छ, संसद्‍मा उभिएर माफी माग्नुपर्छ’


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहलाई आलोचनालाई शत्रुताका रूपमा नभई अवसरका रूपमा लिन आग्रह गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै काउचाले संसद्मा सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न गर्नु घेराबन्दी नभएको र प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु समस्या नभएको बताइन्।

उनले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै भनिन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहज्यू, तपाईं कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न।’

काउचाले प्रधानमन्त्री सत्ता पक्षको मात्रै नभई सम्पूर्ण देशको प्रधानमन्त्री भएको भन्दै संसद् र जनतासँग जवाफदेही हुन आग्रह गरिन्।

उनले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री शाहको विवादास्पद भनाइ संसद्को रेकर्डमा रहेको भन्दै त्यसलाई सच्याउन माग गरिन्। प्रधानमन्त्रीले उक्त अभिव्यक्तिप्रति माफी तथा क्षमा माग्दा उनको ओज घट्ने नभई बढ्ने काउचाको भनाइ थियो।

‘प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय कूटनीतिमा पनि असर गर्छ । सीमा र सार्वभौमसत्ताको विषयमा आक्रोश र उत्तेजना होइन, संयमता चाहिन्छ,’ उनले भनिन्।

प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग नियमित संवाद गर्ने बताउँदै आए पनि व्यवहारमा त्यस्तो संवाद हुन नसकेको उनले बताइन्। आलोचनालाई शत्रुताका रूपमा नलिई त्यसलाई सुधारको अवसरका रूपमा लिन पनि उनले आग्रह गरिन्।

काउचाले प्रधानमन्त्री शाहलाई जनता र संसद्सँग क्षमा माग्न आग्रह गर्दै देश र जनताको हितमा प्रतिपक्षले साथ दिने प्रतिबद्धता जनाइन्।

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न। देश र जनताको हितका लागि तपाईंलाई प्रतिपक्षले साथ दिन्छ। तर संविधानभन्दा माथि कोही पनि छैन,’ उनले भनिन्।

प्रधानमन्त्रीले सचिवालयबाट मात्रै देश सञ्चालन गर्न खोज्नु गलत भएको भन्दै उनले संविधानको मर्मअनुसार संसद् र राजनीतिक दलसँग संवाद गर्नुपर्ने बताइन्।

काउचाले सभामुख डीपी अर्याललाई रुलिङमार्फत प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराएर सांसदका प्रश्नको जवाफ दिने व्यवस्था गर्नसमेत आग्रह गरेकी छन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ४४ बजे

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको

पशुपतिमा भारतीय दर्शनार्थी पनि उल्लेख्य (तस्बिरहरू)

काठमाडौं– आज साउनको अन्तिम सोमबार । देशभरका शिवालयहरूमा भक्तजनको भीड

ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : मन्त्री मेहता

काठमाडौं– धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं- सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक