बालेनप्रति विपक्षी अझै आक्रमक, जेठ १७ को अभिव्यक्तिप्रति माफी माग्नुपर्ने अडान यथावत « Khabarhub

बालेनप्रति विपक्षी अझै आक्रमक, जेठ १७ को अभिव्यक्तिप्रति माफी माग्नुपर्ने अडान यथावत


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने माग उनीहरूले गरेका हुन् । उक्त विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै उनीहरूले विरोध जनाएका हुन् ।

बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिए ।

सांसद काउचाले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएको र सदनलाई विश्वस्त पार्ने प्रयास नभएको भन्दै आपत्ति जनाइन् । प्रतिपक्षले प्रश्न सोध्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी वा अपमान नभएको धारणा उनले राखिन्।

मुलुकको हितमा चालिने सही कदममा प्रतिपक्ष साथमा रहने भन्दै उनले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने धारणा राखिन्। उनले प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरिन्।

त्यस्तै त्यस्तै एमाले सांसद नीता घतानीले सत्ता पक्षका सांसदहरूलाई कुनै गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गरिन् ।

सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल सधैँ स्थायी रहने उनले बताइन् । सांसद घतानीले प्रतिपक्ष सदन अवरुद्ध गर्ने पक्षमा नरहेको बताउँदै जनताका समस्या उठाउँदै जिम्मेवार रूपमा सदन चलाउन चाहेको स्पष्ट पारिन्।

त्यस्तै अन्य विपक्षी दलका सांसदहरूले पनि नेपालले भारतको सीमा मिचेको थियो भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ सच्याउनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : ०५ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा