‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’ « Khabarhub

‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जनालाई प्राथमिकता दिने सरकारको लक्ष्य रहेको बताएकी छन् ।

सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जनमा सुधार, उद्यमशीलता र युवा सहभागितामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने विश्वास समेत व्यक्त गरिन्।

विगत चार दशकको अनुभव र सिकाइलाई आधार मानी वन क्षेत्रलाई आर्थिक, सामाजिक र वातावरणीय रूपमा सशक्त बनाउन तीनै तहका सरकार, समुदाय, निजी क्षेत्र र विकास साझेदारहरूबीच निरन्तर सहकार्य रहने उनले बताइन् ।

मन्त्री चौधरीले सुशासन, पारदर्शिता, सामाजिक समावेशीकरण, र समग्र वन क्षेत्रको डिजिटलाइजेसनमा जोड दिइएको धारणा राखिन् । 

काठ, बाँस, गैरकाठ वन पैदावारजस्ता स्वदेशी उत्पादनको प्रवर्धनका साथै वातावरणीय पर्यापर्यटन मार्फत स्थानीय समुदायको आयआर्जन बढाउने लक्ष्य रहेको उनको भनाइ छ । उनले वन्यजन्तुका लागि वनभित्रै खाना र बासस्थानको व्यवस्था मिलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उल्लेख गरिन् । 

उनले ‘समृद्ध समुदाय, समृद्ध वन र समृद्ध नेपाल’ को अभियानलाई सफल बनाउन एकजुट भई हातेमालो गर्न आह्वान समेत गरिन् । कार्यक्रममा वन संरक्षणमा प्रभावकारी भूमिका खेल्ने वन उपभोक्ता समितिहरूलाई  पुरस्कृत गरिएको थियो ।

हाल देशभर २३ हजार ८९ सामुदायिक वन उपभोक्ता समूहले २५ लाख १७ हजार ७६५ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : २२ बजे

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा