लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली « Khabarhub

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली गरेको छ ।

उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।

आव २०८१-८२ को तुलनामा रु तीन करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो । आव २०८१-८२ मा १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १६ करोड ६४ लाख ७८ हजार ९३३ राजस्व संकलन भएको थियो ।

आव २०८२-८३ मा बेरुजु शीर्षकमा पाँच लाख संकलन गर्ने लक्ष्य रहेकामा रु २१ लाख २६ हजार ४५३ संकलन भएको छ । त्यस्तै, सम्पत्ति करबाट पाँच करोड ६१ लाख पाँच हजार ३३१, बहाल करबाट पाँच करोड ७५ लाख ३९ हजार ६४४, सिफारिस दस्तुरबाट एक करोड ३४ लाख ९५ हजार ८९६ र नक्सापास दस्तुरबाट तीन करोड ३७ लाख ८१ हजार राजस्व संकलन भएको छ ।

यसैगरी, बहाल बिटौरी करबाट ९२ लाख ३२ हजार २००, व्यवसाय करबाट रु ५१ लाख ५० हजार ३४७ र अन्य सेवा शुल्क तथा बिक्रीबाट २९ लाख ६८ हजार ४७५ राजस्व संकलन भएको छ ।

अन्य प्रशासनिक सेवा शुल्कबाट रु ६८ लाख ३४ हजार ९३४, परीक्षा शुल्कबाट रु १७ लाख ८६ हजार ७००, व्यक्तिगत घटना दर्ता दस्तुरबाट पाँच लाख ९७ हजार ७२०, प्रशासनिक दण्ड जरिवानाबाट रु ११ लाख पाँच हजार ५६३ तथा सरकारी सम्पत्ति बिक्रीबाट रु १५ लाख राजस्व संकलन भएको जनकपुरधाम उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख परमेश्वर झाले जानकारी दिए ।
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : १३ बजे

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा