हात्ती र गोही प्रजनन केन्द्रमा निशुल्क प्रवेश « Khabarhub

हात्ती र गोही प्रजनन केन्द्रमा निशुल्क प्रवेश


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका  लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ ।  

राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरि हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई १००, स्वदेशी पर्यटकलाई ५० र विद्यार्थीका लागि ३० प्रवेश शुल्क तोकिएको थियो । 

सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रुचाउने गर्दछन् । सौराहाको हात्ती प्रजनन केन्द्रबाट रु करिब रु ७० लाख र गोही प्रजनन केन्द्रबाट करिव रु ४० लाख प्रवेश शुल्क असुली हुने गरेको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जले शुल्क लिन नियमावलीले नदिएको र ट्रष्टमार्फत शुल्क असुल गर्दा अप्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क हटाइएको जानकारी दिए । हात्ती प्रजनन केन्द्रमा पर्यटकले हात्तीको रहनसहन, स्याहारसुसारका बारेमा ज्ञान लिनाका साथै माउ र बच्चा खेलेको दृश्यमा रमाउने गर्छन् । 

प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले यहाँ दैनिक झन्डै ४००  पर्यटक अवलोकनका लागि आउने गरेको बताउँछन्। विसं २०४४ मा स्थापना भएको उक्त केन्द्रमा अहिलेसम्म ६९ वटा छावा जन्मिएका छन् । भारतबाट चारवटा र थाइल्यान्डबाट एउटा गरी पाँचवटा हात्तीबाट हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो ।
 
प्रजनन केन्द्रमा नौ वटा माउ र सात वटा छावा छन् । गोही प्रजनन केन्द्रमा करिब ५०० गोही रहेका छन् । नदीबाट अण्डा जम्मा गरेर बच्चा हुर्काउने गरिन्छ । यहाँ हुर्किएका गोहीका बच्चा नदीमा छोड्ने गरिएको छ । माउसँग खेल्दै गरेका हात्तीका छावा र पानीमा तैरिरहेका गोही हेर्न पर्यटक रुचाउने गर्छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : १९ बजे

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज