रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् « Khabarhub

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले खाना पकाउने ग्यासको अभावका सर्वसाधारणले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले ग्यासका लागि नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारको गैरजिम्मेवारीपन भएको बताइन् ।

‘आज घर–घरमा भान्छामा साँझ–बिहानको छाक टार्न धौ–धौ परेको छ । सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्,’ उनले भनिन्, आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो ?’

उनले एकातिर देशमा उत्पादित विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकलाई मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताइन् ।

‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुन सक्छ ?’ उनले प्रश्न गरिन्।

ग्यास आपूर्तिमा पटकपटक समस्या देखिइरहेको अवस्थामा सरकारले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा अधिकारीको जोड थियो । ग्यासको अभावबाट नागरिकलाई राहत दिने हो भने ग्यासको लाइनमा उभ्याउनेभन्दा इन्डक्सन चुलो वितरण गर्ने योजना तत्काल ल्याउनुपर्ने माग उनले गरिन् ।

उनले विद्युतीय चुलोको प्रयोगलाई सहज र सुलभ बनाउनुपर्नेमा समेत जोड दिइन् । विद्युत् खपत बढाउने नाममा बनाइएका नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको भए त्यसबारे पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सांसद अधिकारीले नागरिकको भान्सा सहज बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’ भन्ने आफूहरुको पूर्वप्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन् ।

‘यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साँच्चिकै राहत दिने हो भने, अब ग्यास सिलिन्डरको लाइन होइन, इन्डक्सन चुलो बाँड्ने योजना सरकारले ल्याओस’, उनले भनिन्, ‘सरकार नागरिकको भान्सा सहज बनाउने काममा तत्काल लागोस् । स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’, हाम्रो साझा प्रतबिद्धता भन्ने हामीले नागरिकलाई गरेको बाचा सम्झरहेका छन् । जनताप्रतिको यो प्रतबिद्धता सरकारले नभुलोस् ।’

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ०७ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली