प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत « Khabarhub

प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन्  ।

त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन् । 

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संशोधन विधेयकमार्फत विवाद समाधानका लागि नियुक्त हुने मेलमिलापकर्ताको संख्या सम्बन्धी व्यवस्थालाई सरलीकृत गरी मेलमिलाप प्रक्रियालाई सहज बनाइने बताइन्  । 

मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्ला स्तरमा विस्तार गर्दै ’प्रदेश मेलमिलाप समन्वय समिति’ र ’जिल्ला मेलमिलाप समन्वय समिति’ गठन गरिने उनले बताइन् । 

साथै बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ५२ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार