शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल « Khabarhub

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ मा विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम कर्तव्य र अधिकारका प्रावधानबारे छलफल भएको छ ।

समितिको आजको बैठकमा सो विधेयकमाथिको दफाबार छलफलअन्तर्गत सांसदहरुबाट प्रयोगशालाको कार्यकारी निर्देशक नियुक्त गर्दा विधेयकमा प्रस्तावित शैक्षिक योग्यताका साथै जातीय विभेद तथा छुवाछुतको व्यवहार नगरेको व्यक्ति हुनुपर्ने व्यवस्था समेट्न प्रस्ताव भएको छ ।

त्यसैगरी प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनुपर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरुले आग्रह गरे।  

बैठकमा  विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आगामी दिनमा जुनसुकै निकायमा पदाधिकारी नियुक्ति गर्दा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवा पुस्तालाई प्राथमिकता दिइने बताए।

उनले अब बनाइने ऐन कानुनमा समेत नयाँ पुस्तालाई आकर्षित गर्दै अघिल्लो पुस्ताको अनुभव नयाँ पुस्तामा हस्तान्तरण कार्यक्रमसमेत ल्याइने जानकारी दिए । समितिको आगामी बैठकमा पनि उक्त विधेयममाथिको छलफल हुनेछ ।
 


 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ४ : २५ बजे

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन’

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको