कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या « Khabarhub

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती ब्यहोर्नुपरेको छ ।  कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो । पुरानो भवनबाट बिरामीको उपचार गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

कूल ३५० शय्याको अस्पताललाई ठाउँको अभावले ३०० शय्याबाट सेवाप्रवाह गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा. चन्द्रभाल झाले जानकारी दिए । ठाउँ साँघुरो छ, ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने गरेको बताइन्छ । 

उनले अस्पतालका दुई वटा भवन निर्माण भइरहेको जानकारी दिए । उक्त भवन निर्माणपछि अस्पतालको कूल शय्या ७५० पुग्छ । यसबाट बिरामीलाई सबै प्रकारको सुविधा प्रदान गर्न सजिलो हुने डा. झाले भने। 

नयाँ बन्दै गरेका दुई भवनमध्ये पहिलो भवन लगभग सात हजार वर्गमिटरको एक बेससहित पाँचतले र दोस्रो दुईबेससहित १० तले ३३ हजार ७१० वर्गमिटरको छ ।  

पहिलो भवनको सम्झौता २०७८ साल असार ३० गते भूमि निर्माण कन्स्ट्रक्सनले ३८ करोड ८७ लाखमा ठेक्का लिएको थियो । उक्त कम्पनीले बीचमा काम छाडेर भागेकाले निर्माण ढिलो भएको हो । रमन कन्स्ट्रक्सनले काम सुरु गरेको छ। 

जसले गर्दा भवन निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । यो भवनको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ प्रतिशत रहेको प्रमुख शाहले बताए। 

निर्माण सम्झौताअनुसार २०८३ असार २५ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण कार्य सम्पन्न हुन सकेनन् ।

उनका अनुसार दोस्रो भवनको निर्माण सम्झौता २०७९ साल असार १३ गते भएको थियो । विसं २०८४ असार १२ गते निर्माण कार्य सम्पन्न हुने गरी केसी कन्स्ट्रक्सनले  दुई अर्ब १७ करोड लागतमा काम सुरु गरेको छ । अहिले यो भवनको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ । 
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : ०७ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा