इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी « Khabarhub

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर गएर दर्शकहरूमाथि ठोक्किएपछि आठ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले सोमबार बताएको छ ।

यो दुर्घटना आइतबार राति इन्डोनेसियाको सुलावेसी टापुमा रहेको कोतामोबागु शहरमा आयोजित ‘ड्रयाग कार रेस’का क्रममा भएको हो।

‘आठ जनाको मृत्यु भएको छ, आठ जना गहन उपचारमा छन् र एक जनालाई सामान्य चोटपटक लागेको छ,’ उत्तर सुलावेसी प्रहरी प्रमुख रोएके ह्यारी ल्याङ्गीले भने। 

प्रहरीले चालकसहित धेरै प्रत्यक्षदर्शीहरूसँगको प्रारम्भिक सोधपुछ यो जानकारी गराएको हो । एक प्रत्यक्षदर्शीका अनुसार कार नियन्त्रणबाहिर गएर उत्तर सुलावेसीको राजधानी मनाडोबाट करिब १८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित कोतामोबागुमा रेसका दर्शकहरूमाथि ठोक्किएको थियो । 

करिब २८ करोड जनसङ्ख्या भएको यो दक्षिण–पूर्वी एसियाली राष्ट्रमा घातक सडक दुर्घटनाहरू सामान्य छन्, जहाँ सडक नियमहरू नियमित रूपमा उल्लङ्घन गरिन्छ र सवारी साधनहरू प्रायः राम्रोसँग मर्मत गरिएका हुँदैनन् ।
 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : २० बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक