विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला « Khabarhub

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का गर्न आफूहरूले प्रयास गरिरहेको बताएका छन् ।

कांग्रेस सिन्धु-काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन् ।

कार्यक्रममा कांग्रेस नेता डा शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली–गलौच गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको धारणा राखे । 

पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको भन्दै उनले सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको बताए । 

उनले संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा मिलाउनका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राख्नुपर्ने बताए । 

तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिगत पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनले बताए ।

त्यस्तै कांग्रेसका अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएकाले संयमित, धैर्य र उत्साहवर्धक ढङ्गले देशभर पुगेर आफ्ना कुराहरू राख्ने बताए । 

उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले सङ्गठित भएको उल्लेख गरे । विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको उनले आरोप लगाए ।

त्यस्तै कांग्रेस नेता मोहन बस्नेतले कांग्रेसलाई फुटाउन नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउन तथा मुलुकको भविष्य हाक्न सक्ने हैसियतको पार्टी निर्माण गर्न अभियान चलाइएको उल्लेख गर्नुभयो ।

 नेता बस्नेतले यदि साउन २८ गतेसम्म गगन थापाले निकास नदिएमा २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गरी नयाँ सुरुवात गर्न सक्ने चेतावनी दिए । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : २३ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक