ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग « Khabarhub

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ग्याँसको सहज रुपमा ग्यास उपलब्ध नहुँदा जनताको दैनिक जीवन प्रभावित भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यस्तै अहिले खेतीपातीको समयमा मलको अभाव देखिएकाले मलको आपूर्तिलाई व्यवस्थापन गर्न समेत माग गरेको छ । 

दीर्घकालीन रूपमा स्वदेशमै मल उत्पादन गर्ने नीति बनाउन सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता चालिसेले बताए । त्यस्तै महँगी, कालोबजारी नियन्त्रण गर्न र जनतालाई आवश्यक राहतको व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । 

केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पुन बस्ने र महाधिवेशन तयारी लगायत विभिन्न एजेन्डामाथि छलफल जारी रहने प्रवक्ता चालिसेले बताए । 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ४५ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक