युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा « Khabarhub

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रन जोडे ।

हङकङका लागि बलिङतर्फ कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एकरएक विकेट लिए । त्यसअघि मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको हङकङ ३०।१ ओभरमा ७० रनमै अलआउट भएको थियो ।

उसका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन ।

हङकङलाई सस्तैमा रोक्ने क्रममा युएईका लागि हैदर अलीले १० ओभरमा १४ रन मात्र दिएर सर्वाधिक ६ विकेट लिए । युएईले अब सेमिफाइनल जित्ने टिमविरुद्ध उपाधिका लागि भिड्नेछ ।

आजै भइरहेको अर्को सेमिफाइनलमा नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन् । खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ११ : २५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत