महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ « Khabarhub

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र बहस भइरहेको छ । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घटनालाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको र सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकिएको जानकारी दिएकी छिन् ।

स्वास्थ्य संस्थामा पुग्ने हरेक नागरिकले समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्ने उल्लेख गर्दै मन्त्री मेहताले घटनाबारे अस्पतालसँग स्पष्टीकरणसमेत माग गरिएको बताइन् ।

निष्पक्ष छानबिन गरी घटनाको वास्तविकता बाहिर ल्याइने र अनुसन्धानका क्रममा कसैको गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् ।

नागरिकको स्वास्थ्य सेवाप्रतिको विश्वास र अधिकार जोगाउन मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारेकी छिन् ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ३ : ३४ बजे

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला