आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट « Khabarhub

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नै पार्टी नेतृत्वको सरकार र राज्य संयन्त्रको सुस्त कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । संसद बैठकमा बोल्दै उनले निजी क्षेत्रको तीव्र पुनर्निर्माण क्षमताको प्रशंसा गरे भने त्यसको तुलनामा राज्य संयन्त्रको ढिलासुस्तीलाई लिएर कडा आलोचना गरे ।

आफ्नो नियमित यात्राको उदाहरण दिँदै महामन्त्री आचार्यले भदौ २४ गतेको विध्वंसमा खरानी बनेका भाटभटेनीजस्ता व्यापारिक केन्द्रहरू निजी क्षेत्रको सक्रियताका कारण आज थप बलियो र व्यवस्थित रूपमा उठिसकेको बताए ।

निजी क्षेत्रको यस्तो ऊर्जा र तत्परता देख्दा गर्व लाग्ने उल्लेख गर्दै उनले राज्यको मुटु मानिने सिंहदरबारको अवस्था भने अझै उस्तै रहेकोमा चिन्ता व्यक्त गरे । सिंहदरबारको गेटबाट भित्र छिर्दा जलेको सिंहदरबार र गृहमन्त्रालयको संरचना अझै यथास्थितिमा देखिनु व्यवहारिक रूपमा निराशाजनक रहेको उनको भनाइ थियो ।

चालु आर्थिक वर्षको बजेट नयाँ संसद भवनबाटै प्रस्तुत हुने चर्चा भए पनि अझैसम्म अस्थायी भवनबाटै बैठक सञ्चालन गर्नुपरेको तर्फ ध्यानाकर्षण गराउँदै उनले राज्यका प्रमुख निकायहरूको पुनर्निर्माण गतिप्रति प्रश्न उठाए । देशको सार्वभौम संसद र सिंहदरबार जस्ता संवेदनशील क्षेत्रकै निर्माण गति यति धेरै सुस्त हुँदा रसुवा र नुवाकोटका सर्वसाधारण नागरिकले पुनर्निर्माण सही दिशामा अघि बढ्छ भनेर कसरी विश्वास गर्ने भन्दै उनले सरकारलाई प्रश्न गरे ।

सम्बोधनका क्रममा महामन्त्री आचार्यले यस ढिलासुस्तीका पछाडि रहेका नीतिगत र व्यवहारिक कमजोरीहरू तत्काल पत्ता लगाएर पुनर्निर्माणको गतिलाई तीव्र बनाउन सरकारसँग जोडदार माग समेत गरे ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ३ : ५१ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत