आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग « Khabarhub

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा संकटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज प्रेस–विज्ञप्ति जारी गर्दै आयोगले आत्महत्या मानसिक स्वास्थ्यको मात्र विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित गम्भीर मानव अधिकारको विषय भएको जनाएको हो ।

आयोगले मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक समस्या, गरिबी तथा बेरोजगारीलगायतका कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनबाट देखिएको जनाएको छ । 

साथै, आत्महत्या रोकथामलाई मानसिक स्वास्थ्यको सीमित विषयका रूपमा मात्र नहेरी व्यक्तिको जीवन र मर्यादाको अधिकारसँग जोडेर सम्बोधन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

संकटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न तथा आत्महत्याको प्रयास गरेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष लगाउने, लाञ्छना लगाउने वा सामाजिक बहिष्करण गर्ने कार्य अन्त्य गर्न आयोगले सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यस्तै, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइन्छ । यस वर्ष सन् २०२६ का लागि ‘संवाद सुरु गरौँ’ भन्ने नारा तय गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ७ : २७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु