लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद ३० हजारसहित आठ र सुन्धाराबाट एक जना, सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलबाट एक, एकललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक, उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट गाँजा पाँच किलोग्रामसहित एक जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक, नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक, झापाको दमक नगरपालिका–७ बाट चार, मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट एक, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद रु ६७ हजार ४०० सहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित सोही स्थानका रामनरेश कुर्मी, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक,कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जनालाई बिहीबार बेलुकी पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ९ : ५७ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता