प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार « Khabarhub

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर बजारका प्रमुख तीनवटै सूचक बढेर बन्द भएका छन् ।

उतारचढावपूर्ण व्यापारिक साताको अन्तिम दिन डाउ जोन्स औद्योगिक औसत ०.८३ प्रतिशतले बढेर ५१ हजार ६५४.९५ बिन्दुमा पुगेको छ । त्यस्तै, एसएन्डपी ५०० सूचक ०.५९ प्रतिशतले बढेर सात हजार ८११.५४ बिन्दुमा पुगेको छ भने नास्डाक कम्पोजिट ०.६४ प्रतिशतले बढेर २७ हजार ३६६.१७ बिन्दुमा बन्द भएको छ ।

एसएन्डपी ५०० अन्तर्गतका ११ क्षेत्रमध्ये नौ क्षेत्रको सेयर मूल्य बढेको छ । रियल इस्टेट तथा उपभोक्ता वस्तु र सेवा क्षेत्रले राम्रो प्रदर्शन गरेका छन् । माइक्रोसफ्ट, अमेजन र पालान्टिरको सेयर मूल्यमा भएको वृद्धिले पनि बजारलाई टेवा पुर्‍याएको छ ।

यद्यपि, स्पेसएक्सले रेडियो स्पेक्ट्रम प्रयोग अनुमतिपत्र खरिद गर्ने सहमति गरेपछि परम्परागत दूरसञ्चार कम्पनीका सेयर मूल्यमा गिरावट आएको छ । एटी एन्ड टी, टी–मोबाइल यूएस र भेरिजोनका सेयर मूल्य ८.७५ देखि १३.२७ प्रतिशतसम्म घटेका छन् ।

यसैबीच, अमेरिकी उपभोक्ताको विश्वास कमजोर बनेको छ । मिशिगन विश्वविद्यालयको उपभोक्ता भावना सूचक अक्टोबरमा घटेर ४६.३ मा पुगेको छ । यो पाँच महिनायताकै न्यून स्तर हो । उपभोक्ताहरूले आगामी एक वर्षमा मुद्रास्फीति दर ४.७ प्रतिशत पुग्ने अनुमान गरेका छन् ।

अब लगानीकर्ताको ध्यान आगामी साता सार्वजनिक हुने प्रमुख कम्पनीहरूको वित्तीय नतिजामा केन्द्रित हुनेछ । सिटीग्रुप, वेल्स फार्गो, युनाइटेडहेल्थ ग्रुप र जोन्सन एन्ड जोन्सनले वित्तीय विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । ती विवरणले अमेरिकी सेयर बजारको आगामी दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ३ : १४ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने