काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमार्फत् सभापति र वरिष्ठ उपसभापतिमा निर्वाचित भएकामा गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै शाहले दुई नेतालाई बधाई दिएका हुन् ।
बधाई सन्देशमा उनले थापा र शर्मालाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका नवनिर्वाचित सभापति श्री गगन थापाज्यू तथा वरिष्ठ उपसभापति श्री विश्वप्रकाश शर्माज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!’














प्रतिक्रिया