चितवनमा तीन हजार ३६२ मतदाता घटे « Khabarhub

चितवनमा तीन हजार ३६२ मतदाता घटे


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो ।

उनले भने, “यही असोज १ गते नामावली प्रकाशन गरी २ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०८३ बमोजिम स्थानीय तहबाट मृत्यु भएका व्यक्तिको विवरण र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता त्यागसम्बन्धी विवरण मागगरी मतदाता नामावलीबाट नाम हटाइएको हो ।” कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचयपत्र नम्बरसहितको विस्तृत विवरण कार्यालयले सार्वजनिक गरेको उनले जानकारी दिए । हटाइएका नामका सम्बन्धमा कुनै दाबीविरोध वा जिज्ञासा भए आवश्यक प्रमाणसहित कार्यालय समयमा जिल्ला निर्वाचन कार्यालय, चितवनमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए । कुल चार लाख ४२ हजार ८२ जना मतदाता रहेको जिल्लामा अद्यावधिकसहित अन्तिम मतदाता नामावली भने यसै महिनाको अन्त्यमा प्रकाशन गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ४ : ४४ बजे

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा