आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला « Khabarhub

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले आगामी महाधिवेशनले पार्टीलाई एकजुट बनाउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशन उद्‌घाटन गर्दै कोइरालाले आगामी मंसिरमा तय भएको महाधिवेशन पार्टीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुका साथै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न बल पुर्‍याउने उनको भनाइ थियो ।

कांग्रेस अहिले पनि बलियो अवस्थामा रहेको उल्लेख गर्दै उनले सबै शक्ति एक ठाउँमा उभिए पनि कांग्रेसलाई हराउन र कमजोर बनाउन नसक्ने धारणा राखे । कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र गर्न पनि नदिने उनले बताए ।

राजनीति समयसँगै परिवर्तन हुँदै गए पनि विचार र स्पष्टता कायम रहनुपर्नेमा जोड दिँदै कोइरालाले कार्यकर्तालाई सही बाटो नछाड्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएकाले १५औँ महाधिवेशन आयोजना गर्न लागिएको बताए । वर्तमान सभापति शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर घोषणा गर्दैमा त्यसले मान्यता नपाउने उनको भनाइ थियो ।

पार्टीमा विभिन्न पदका आकांक्षी धेरै देखिएको उल्लेख गर्दै सिंहले पार्टीमा योगदान दिएका नेताहरूलाई जिम्मेवारी दिन सुझाव दिए ।

त्यस्तै, कांग्रेस नेता मोहन बस्नेतले पार्टीको क्रियाशीलता र विस्तारका लागि देशभरका नेता तथा कार्यकर्ता लड्न तयार रहेको बताए । तर, कारबाहीको डर र धम्कीका कारण केही नेता तथा कार्यकर्ता अर्को पक्षमा गएको उनको दाबी थियो । केही दिनपछि कांग्रेसका अधिकांश नेता आफ्नो पक्षमा आउने दाबीसमेत उनले गरे ।

बस्नेतले कांग्रेसलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध सचेत रहन र एकजुट भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ५ : ०४ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि