चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार « Khabarhub

चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भएपछि खजुरा बजारको मुहार फेरिएको छ ।

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुराबजार क्षेत्रको एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र अवस्थामा छोडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशनालय जिम्मामा सडकको स्तरोन्नति गरिएको हो।

खजुरा बजार क्षेत्रमा १६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिब दुई मिटरको फुटपाथसहित स्तरोन्नतिको कार्य गरिएको योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए। उनका अनुसार एक हजार ८०० मिटर सडक र त्यसैअन्तर्गत पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम गरिएको हो । 

नेपालगञ्ज–गुलरिया हुलाकी सडकको २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा अलपत्र अवस्थामा रहेको खजुराबजार खण्ड हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर निर्माण गरिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जबाट रु सात करोड एक हजार ६९ मा ठेक्का पाएको निर्माण कम्पनी मैटहवा–एनएटी–स्टेटलाइट जेभीले कुल एक हजार ८०० मिटर सडकमा अहिले ‘अक्सफाल्ड प्रविधि’बाट कालोपत्रे भएको योजना कार्यालय प्रमुख भण्डारीले बताए  । 

चार लेन सडक निर्माण गर्न विसं २०७४ मा सडक डिभिजनबाट ठेक्का लगाइएकामा ठेकेदार कम्पनीबाट गुणस्तरहीन र अधुरो अवस्थामै अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीले विगत नौ वर्षदेखि सास्ती खेप्दै आएका थिए । सडकको स्तरोन्नति भएसँगै हाल खजुरा बजारको मुहार फेरिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले बताए।

उनका अनुसार विसं २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको उक्त सडक २०७७ चैतमा सम्पन्न गर्नुपर्ने थियो । सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि ठेकेदारको कम्पनीको लापरबाहीका कारण योजना सम्पन्न भएन । 

निर्माण गरिएको सडक पनि गुणस्तरहीन भएपछि स्थानीयले पटक आन्दोलन गर्दै आएका थिए । त्यसबीचमा स्थानीयको लगातारको विरोध र ठेकेदारको लापरबाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडकलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तरोन्नति गरेको हो । सडक स्तरोन्नति भएसँगै खजुरा बजारको पहुँच पनि बढेको अध्यक्ष विकले बताए ।
 

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १२ : ५१ बजे

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त

बागलुङ– प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले

चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार

राँझा– विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल