पटका बरामद « Khabarhub

पटका बरामद


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा)- प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २१ गतेदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका पटाका तथा आतिशबाजीजन्य पदार्थ नियन्त्रणमा लिई बरामद गरेको हो ।

साथै पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने र कानुनद्वारा उक्त पदार्थको उत्पादन, भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनले भने, “पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थको प्रयोगले जनधनको क्षति आगलागी र वातावरण प्रदूषणजस्ता समस्या सिर्जना गर्ने भएकाले पटाका आतिशजन्य पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग नगर्न अनुरोध गरिन्छ ।”

प्रहरीले बालबालिकालाई विस्फोटक पदार्थको गतिविधिमा संलग्न नगराई सम्भावित जोखिमबाट बचेर सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ । सोमबारमात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको छ ।

कुन्दनको मृत्युपछि प्रहरीले उक्त पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ । सीमावर्ती क्षेत्रमा हुने पटाकाको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी गस्ती तथा निगरानीलाई प्रभावकारी बनाइएको छ । प्रहरीले यसअघि असोज २६ गते चाडपर्वको समयमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ३ : २४ बजे

पटका बरामद

वीरगन्ज (पर्सा)- प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन

पर्साबाट चार दिनमा साढे तीन लाखका पटाका बरामद

वीरगन्ज- प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट चार दिनको अवधिमा करिब तीन

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब

मधेशमा छठ पर्वको तयारी तीव्र

जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती