तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो « Khabarhub

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा सङ्क्रमण देखिएको छ ।

भिमाद नगरपालिकामा २३ जनामा सङ्क्रमण पुष्टि हुँदा शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

स्थानीय तहअनुसारको विवरण हेर्दा आँबुखैरेनीमा मात्रै कुल सङ्क्रमितको करिब ३४।८ प्रतिशत अर्थात् झन्डै एक तिहाइ सङ्क्रमित भेटिएका छन् । स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य सङ्क्रामक रोग हो । खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने वा समय बिताउने व्यक्तिमा यसको जोखिम रहने सूचना अधिकारी कँडेलले बताए ।

स्क्रब टाइफस हुँदा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र शरीरमा दाना देखिने जस्ता लक्षण देखिन सक्छन् । कतिपयमा खोकी, वाकवाकी, बान्ता वा पेट दुख्ने समस्या पनि हुन सक्छ । समयमै पहिचान र उपचार नभए सङ्क्रमणले फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका महत्वपूर्ण अङ्गमा असर पु¥याउन सक्छ । 

स्क्रब टाइफसबाट बच्न झाडी, घाँस तथा खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता र मोजा प्रयोग गर्ने तथा काम सकेपछि शरीर र कपडा जाँच गर्ने गर्नुपर्छ । घर वरपर झाडी तथा अनावश्यक घाँसपात हटाएर वातावरण सफा राख्नु पनि उपयोगी हुन्छ ।  

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १० : १५ बजे

मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ ।

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको

सञ्चारमन्त्री तिमिल्सिना र मलेसियाली समकक्षीबीच भेट, डिजिटल सहकार्य विस्तारमा जोड

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका