कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ ।

पाटी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान एक सूचना जारी गर्दै बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीबाट पछि नहटेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक डाकेको हो ।

विशेष महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम जारी रहेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले चहलपहल बढेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ५५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि