पाकिस्तानी रक्षा मन्त्रीले भने– अमेरिकाले नेतन्याहूलाई पनि ‘अपहरण’ गरेर मुद्दा चलाउनु पर्छ « Khabarhub

पाकिस्तानी रक्षा मन्त्रीले भने– अमेरिकाले नेतन्याहूलाई पनि ‘अपहरण’ गरेर मुद्दा चलाउनु पर्छ


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद असिफले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लिएर विवादित बयान दिएका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा असिफले संयुक्त राज्य अमेरिका र टर्कीलाई नेतन्याहूलाई ‘अपहरण’ गरेर अदालतमा ल्याउनुपर्ने सुझाव दिएका छन् । उनको यो भनाइले अन्तर्राष्ट्रिय स्तरमा नयाँ विवाद सिर्जना गरेको छ।

अन्तर्वार्तामा असिफले नेतन्याहूलाई ‘मानवताको सबैभन्दा ठूलो अपराधी’को संज्ञा दिए । गाजा क्षेत्रमा प्यालेस्टिनिहरूमाथि भएका कथित क्रूरताहरू इतिहासमै अक्षम्य रहेको बताएका छन्। ‘अमेरिका मानवता को पक्षमा हो भने नेतन्याहूलाई अपहरण गरी कुनै अदालतमा मुद्दा चलाउनुपर्छ’, उनले भने ।

उनले हालै अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिई सुनवाईका लागि न्यूयोर्क ल्याइएको घटनाको उदाहरण पनि दिएका छन् । यदि त्यस्तो सम्भव छ भने नेतन्याहूसँग पनि त्यही व्यवहार हुनुपर्ने उनले जोड दिएका छन्।

अन्तर्वार्ताको क्रममा असिफले टर्कीले पनि नेतन्याहूलाई समात्न सक्ने सुझाव दिएका थिए । ‘पाकिस्तानीहरू त्यसका लागि प्रार्थना गरिरहेका छन्’, उनले थपे । उनले अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) द्वारा नेतन्याहूविरुद्ध जारी गिरफ्तार वारन्टलाई समेत उद्धृत गरे।

पाकिस्तानी अधिकारीबाट आएको यस किसिमको खुला अपीललाई असाधारण मानिएको छ।

यसले पाकिस्तान र इजरायलबीचको तनावपूर्ण कूटनीतिक सम्बन्धलाई थप जटिल बनाउने आशंका बढाएको छ । हालसम्म यसबारे अमेरिका र इजरायल सरकारबाट औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १२ : १४ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार