लहान यातायात व्यवस्था कार्यालयबाट भोलि पनि सेवा प्रवाह हुने « Khabarhub

लहान यातायात व्यवस्था कार्यालयबाट भोलि पनि सेवा प्रवाह हुने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– यातायात व्यवस्था कार्यालय लहानले पृथ्वी जयन्तीका दिन पनि सम्पूर्ण सेवा सुचारु रहने जनाएको छ। 

मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको कार्यालयले सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन पनि सेवाग्राहीको चापलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जनाएको हो।

कार्यालयका अनुसार (भोलि)आइतबार पृथ्वी जयन्तीका अवसरमा सवारी दर्ता, नामसारी, नवीकरण, सवारी चालक अनुमतिपत्र नयाँ तथा वर्ग थपको दर्ता नवीकरण लगायतका सबै सेवा नियमित रूपमा सञ्चालन हुनेछन्।

सेवाग्राहीलाई सहजता प्रदान गर्न बिदाका दिन पनि कार्यालय खुला राख्ने व्यवस्था गरिएको कार्यालयले स्पष्ट पारेको छ। सम्बन्धित सबैमा जानकारी गराउँदै आवश्यक सेवा लिन आग्रह गरिएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : २८ बजे

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

रास्वपा समानुपातिक सूचीको एक नम्बरमा रहेका आचार्यले नाम फिर्ता लिने, प्रत्यक्ष लड्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। विशेष