लहान यातायात व्यवस्था कार्यालयबाट भोलि पनि सेवा प्रवाह हुने « Khabarhub

लहान यातायात व्यवस्था कार्यालयबाट भोलि पनि सेवा प्रवाह हुने


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– यातायात व्यवस्था कार्यालय लहानले पृथ्वी जयन्तीका दिन पनि सम्पूर्ण सेवा सुचारु रहने जनाएको छ। 

मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालयको मातहतमा रहेको कार्यालयले सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन पनि सेवाग्राहीको चापलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जनाएको हो।

कार्यालयका अनुसार (भोलि)आइतबार पृथ्वी जयन्तीका अवसरमा सवारी दर्ता, नामसारी, नवीकरण, सवारी चालक अनुमतिपत्र नयाँ तथा वर्ग थपको दर्ता नवीकरण लगायतका सबै सेवा नियमित रूपमा सञ्चालन हुनेछन्।

सेवाग्राहीलाई सहजता प्रदान गर्न बिदाका दिन पनि कार्यालय खुला राख्ने व्यवस्था गरिएको कार्यालयले स्पष्ट पारेको छ। सम्बन्धित सबैमा जानकारी गराउँदै आवश्यक सेवा लिन आग्रह गरिएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : २८ बजे

अध्यागमन विभाग कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’

काठमाडौं– अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने

ट्रम्प र पुटिनपछि पाकिस्तानी प्रधानमन्त्री सरिफ पनि चीन जाँदै

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी

सी चिनफिङसँग ट्रम्प र पुटिनको एकपछि अर्को भेट : के भयो, अब के होला ?

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले साताबीचमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अर्को साता उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

बेइजिङ- आफूलाई विश्व शक्तिको केन्द्रमा उभ्याउने कोसिस गरिरहेका चिनियाँ राष्ट्रपति

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन