कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’ « Khabarhub

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल–  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी बिरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान गरेको हो ।

गाउँपालिकाभित्रमा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका किसानहरूलाई दक्ष बनाउने उद्देश्यले प्रविधिसम्बन्धी तालिमको आयोजना गरेको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए। 

पालिकाका सबै वडाहरूबाट ४५ जना किसानलाई छनोट गरेर तालिम दिएको हो । सो क्रममा कफीको बिरुवा रोप्ने तरिकादेखि बिरुवा रेखदेख, फल टिप्ने विधि, सुकाउने र बजारीकरणलगायतका विषयमा प्रशिक्षण दिएको पालिकाले जनाएको छ ।

वडा नं ५ का वडाध्यक्ष विजय राना मगरले कफीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएपछि किसानहरूको आर्थिक उपार्जनसँगै दैनिकीमा समेत परिवर्तन हुँदै गएको बताए । 

वडाध्यक्ष मगरले धान, मकै र कोदोखेतीबाट माथि उठेर अझै कफीलाई व्यावसायिक रूपमा खेती गरेको खण्डमा जीवनस्तर उठ्न सकिने भएकाले अहिले प्रदान गरेको प्रविधिसम्बन्धी तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले भौतिक पूर्वाधारको विकाससँगै आधारभूत वर्गको जीवनस्तर उकास्ने ध्येय राखेर कफीखेती प्रविधि तालिम प्रदान गरेको बताए।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कृषिबाट यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि माटो परीक्षण गर्ने अभियान चलाउँदा सबैले के हुन्छ भनेर प्रश्न गरेको स्मरण गरे। उनले अहिले आएर कफीखेतीलाई व्यवसायीकरण गर्न थालेपछि त्यसको उत्तर कामबाट दिन सफल भएको बताए।

‘यही कमाउने, यही रमाउने’ अभियानका साथ विगत पाँच वर्षबाट निरन्तर रूपमा काम गर्दै आएपछि अहिले सबैजसो किसान कफीतर्फ आकर्षित हुन थालेको उनले बताए। त्यसको लागि सक्दो मेहनत गर्न आग्रह गर्दै आवश्यक सहयोगको लागि गाउँपालिका तयार रहेको र आगामी दिनमा महाभारतलाई कफीमार्फत पर्यटकलाई आकर्षित गर्दै कफीको हबको रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष जिम्बाले बताए।

तालिममा केन्द्रीय कफी सहकारी सङ्घका अध्यक्ष तुलसीराज धितालले सहजीकरण गरेका थिए। दुई दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको हो । पालिकाले अहिलेसम्ममा तीन लाख ३१ हजार विरुवा वितरण गरिसकेको छ ।

 चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको महाभारत गाउँपालिकामा एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : ३१ बजे

झापामा ‘बर्ड फ्लु’को प्रकोप : पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापा– यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक