कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक « Khabarhub

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकता सहमति दुई सातामै संकटमा परेको छ। सहमति कार्यान्वयनमा सहमति नजुटेपछि रास्वपाले आकस्मिक सचिवालय बैठक डाकेको छ ।

रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा पार्टी सचिवालयको आकस्मिक भर्चुअल बैठक शनिबार ३:१५ बजे जुममार्फत बस्दैछ। बैठकको मुख्य कार्यसूची पार्टी एकता र समायोजनसँग सम्बन्धित विषय रहेको छ।

गत १४ पुसमा रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको औपचारिक सहमति भएको थियो। सहमतिअनुसार उज्यालो नेपाल पार्टीका संरक्षक तथा पूर्वमन्त्री कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो। तर सहमति कार्यान्वयनको विषयमा विवाद चर्किँदै गएपछि दुई सातामै एकता प्रक्रिया संकटमा परेको हो।

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि सहमति भाँडिएको बताइएको छ। स्रोतका अनुसार वरियता, जिम्मेवारी, समानुपातिक सूची र केन्द्रीय संरचनाका विषयमा सहमति जुट्न सकेन।

यसअघि सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयबाट राजीनामा दिएका थिए। त्यसपछि उनी रास्वपासँग औपचारिक वार्तामा बसेका थिए।

एकता संकट गहिरिँदै गएपछि कुलमान रास्वपाबाट अलग हुने र उज्यालो नेपाल पार्टीलाई नै अघि बढाउने मनस्थितिमा पुगेको उनी निकट स्रोतको दाबी छ। आज बस्ने सचिवालय बैठकले एकता प्रक्रियाको भविष्यबारे निर्णायक दिशा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : १३ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट