विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित « Khabarhub

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको भन्दै संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई चुनौती दिन आइतबार गर्न लागेको भेला स्थगित भएको छ । ​

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त भेला स्थगित गरेको हो । ​नेता दाहालको निधनका कारण आइतबारलाई तय गरिएका सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको कांग्रेस संस्थापनले जनाएको छ।

नेपाली कांग्रेस संस्थापन पक्षका भ्रातृ तथा शुभेच्छुक संस्थाको संयुक्त आयोजनामा पार्टी कार्यालय, सानेपामा उक्त भेला हुन लागेको थियो ‘१५औँ महाधिवेशन तथा आम निर्वाचन केन्द्रित बृहत् तरुण, विद्यार्थी एवम् महिला भेला’ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

उता​ कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संघहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना सबै कार्यकर्ता तथा शुभचिन्तकहरूलाई कार्यक्रम स्थगित भएको जनाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार र सोमबार काठमाडौं दोस्रो विशेष महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित हुने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ५६ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक