विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित « Khabarhub

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको भन्दै संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई चुनौती दिन आइतबार गर्न लागेको भेला स्थगित भएको छ । ​

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त भेला स्थगित गरेको हो । ​नेता दाहालको निधनका कारण आइतबारलाई तय गरिएका सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको कांग्रेस संस्थापनले जनाएको छ।

नेपाली कांग्रेस संस्थापन पक्षका भ्रातृ तथा शुभेच्छुक संस्थाको संयुक्त आयोजनामा पार्टी कार्यालय, सानेपामा उक्त भेला हुन लागेको थियो ‘१५औँ महाधिवेशन तथा आम निर्वाचन केन्द्रित बृहत् तरुण, विद्यार्थी एवम् महिला भेला’ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

उता​ कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संघहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना सबै कार्यकर्ता तथा शुभचिन्तकहरूलाई कार्यक्रम स्थगित भएको जनाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार र सोमबार काठमाडौं दोस्रो विशेष महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित हुने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ५६ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल