बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु « Khabarhub

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की कल्भर्ड निर्माण सुरु भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको डाक राजमार्ग निर्देशनालय, परियोजना कार्यालय नेपालगञ्जले बाँकेको खजुरा गाउँपालिकास्थित नेपालगञ्ज–गुलरिया सडकखण्डमा पर्ने पिडारी नालामा चार लेनको ३४.४० मिटर लम्बाइको बहुकोष्ठ (मल्टिसेल) बक्स कल्भर्ट निर्माण सुरु गरेको छ ।

उक्त आयोजना डाक राजमार्गको स्तरोन्नति तथा यस क्षेत्रको यातायात व्यवस्थापन सुधार गर्ने उद्देश्यले अगाडि बढाइएको महत्वपूर्ण पूर्वाधार परियोजना हो । सडक विभागका अनुसार उक्त निर्माणका लागि एम-एस नारायणम निर्माण सेवा प्रालि, नेपालगञ्ज, बाँकेसँग ठेक्का सम्झौता गरिएको छ । 

आयोजनाको कुल लागत सात करोड ६० लाख ३५ हजार ७३५ रुपैयाँ २१ पैसा रहेको छ । आयोजना २०८२ साल जेठ १९ गते सम्झौता भई २०८३ साल वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

परियोजनाअन्तर्गत बक्स कल्भर्ट निर्माणसँगै नदी संरक्षण तथा पहुँच सडक निर्माणसमेत गरिनेछ । यसबाट वर्षायाममा पिडारी नालामा आउने बाढीका कारण हुने सडक अवरोधलाई स्थायी समाधान गर्ने अपेक्षा गरिएको छ । विगतमा बर्सेनि बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध हुने समस्या रहेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा बाढी र पानीको बहावका कारण यात्रु तथा सवारीसाधनले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो । कल्भर्ट निर्माणपछि वर्षायाममा समेत सुरक्षित, सहज र नियमित यातायात सञ्चालन हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ०५ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि