विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी « Khabarhub

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : चन्द्र भण्डारी


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले मुलुकको परिवर्तनका लागि कांग्रेसको लामो इतिहास रहेको भन्दै विशेष महाधिवेशनको नाममा पार्टीलाई विभाजन हुन नदिने बताएका हुन् । 

उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाउन सुझाव दिए । विशेष महाधिवेशनमार्फत काठमाडौं आएका नेता तथा कार्यकर्तालाई उत्साहित बनाएर फेरि चार महिनापछि हुने महाधिवेशनमा आउने गरी घर फर्काउनुपर्ने उनले बताए । 

भण्डारीले विशेष महाधिवेशन पक्षधरले पनि पार्टीलाई एकजुट बनाएर र संस्थापन पक्षले पनि अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले जने-जी आन्दोलनपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व असफल भएको उल्लेख गरे । 

त्यस्तै कांग्रेसका अर्का नेता सुनिल शर्माले अहिले आफूहरूले पार्टीलाई विभाजन रोक्नका लागि प्रयास गरिरहेको बताए । विशेष महाधिवेशनका विषयमा उत्पन्न विवाद समाधान गर्न प्रयास गरेपनि समाधान उन्मुख नभएको उनले बताए । विधानको व्यवस्थालाई संस्थापन पक्षले बेवास्ता गरेकै कारण वर्तमान परिस्थिति उत्पन्न भएको उनको भनाइ छ । 

नेता शर्माले पार्टी नेतृत्वले नै अहिलेको विवाद मिलाउन मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ३६ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल