रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ « Khabarhub

रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता जोगाउन नसकेको स्वीकारेका छन्। आकस्मिक रूपमा शनिबार दिउँसो बसेको सचिवालय बैठकमा उनले उज्यालो नेपाल पार्टीसँग एकता बचाउन सकेसम्म लचकता अपनाए पनि असफल हुन पुगेको ब्रिफिङ गरेका हुन्।

शुक्रबार मात्रै रवि र कुलमानबीच एक घण्टा एक्ला-एक्लै वार्ता भएको थियो। शनिबार पनि काठमाडौं महानगरपनलिकाका मेयर बालेन्द्र साहसहित भएको अन्तिम तथा निर्णायक वार्तामा कुरा नमिलेर पुस १४ गते भएको एकता सहमति भाँडिएको थियो ।

शुक्रबार र शनिबार कुलमानले पार्टीभित्र आफ्नो वरीयता, राजनीतिक सिद्धान्त, समानुपातिकतर्फ आफ्ना समूहका उम्मेदवारलाई सांसद बनाउने सुनिश्चितता र ३३ जना केन्द्रीय सदस्य दिनुपर्ने लगायतका माग राखेका थिए ।

उनले पार्टीको नाम पनि फेर्नु पर्ने प्रस्ताव गरेका थिए । रास्वपाका एकजना नेताले बताएअनुसार धेरै ढिला भइसकेको निष्कर्ष निकाल्दै लामिछानेले कुलमानका मागहरू नस्वीकार्ने निर्णय गरेका हुन्।

रास्वपासँगको एकता १२ दिनमै भाँडिएपछि शनिबार साँझ नै कुलमानले उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गर्दैछन् । उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन गरेर कुलमानलाई अध्यक्षका रूपमा स्वागत गर्दैछ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ४४ बजे

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन हुने

काठमाडौं– नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन