रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ « Khabarhub

रास्वपामा रविको ब्रिफिङ : कुलमानले धेरै मागेकाले एकता जोगाउन सकिनँ


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता जोगाउन नसकेको स्वीकारेका छन्। आकस्मिक रूपमा शनिबार दिउँसो बसेको सचिवालय बैठकमा उनले उज्यालो नेपाल पार्टीसँग एकता बचाउन सकेसम्म लचकता अपनाए पनि असफल हुन पुगेको ब्रिफिङ गरेका हुन्।

शुक्रबार मात्रै रवि र कुलमानबीच एक घण्टा एक्ला-एक्लै वार्ता भएको थियो। शनिबार पनि काठमाडौं महानगरपनलिकाका मेयर बालेन्द्र साहसहित भएको अन्तिम तथा निर्णायक वार्तामा कुरा नमिलेर पुस १४ गते भएको एकता सहमति भाँडिएको थियो ।

शुक्रबार र शनिबार कुलमानले पार्टीभित्र आफ्नो वरीयता, राजनीतिक सिद्धान्त, समानुपातिकतर्फ आफ्ना समूहका उम्मेदवारलाई सांसद बनाउने सुनिश्चितता र ३३ जना केन्द्रीय सदस्य दिनुपर्ने लगायतका माग राखेका थिए ।

उनले पार्टीको नाम पनि फेर्नु पर्ने प्रस्ताव गरेका थिए । रास्वपाका एकजना नेताले बताएअनुसार धेरै ढिला भइसकेको निष्कर्ष निकाल्दै लामिछानेले कुलमानका मागहरू नस्वीकार्ने निर्णय गरेका हुन्।

रास्वपासँगको एकता १२ दिनमै भाँडिएपछि शनिबार साँझ नै कुलमानले उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गर्दैछन् । उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन गरेर कुलमानलाई अध्यक्षका रूपमा स्वागत गर्दैछ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ४४ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक