आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड « Khabarhub

आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । निगमको ५६औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले निगमलाई सबल र प्रतिस्पर्धी बन्न आग्रह गरे।
    
पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री सिन्हाले उच्च व्यवासयिकता प्रदर्शनमा निगम सफल हुनसक्नुपर्ने बताए।

‘संस्थागत सुशासनलाई मजबुद बनाएर लैजानुपर्छ’, उनले भने, ‘पारदर्शी, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई उच्च प्राथमिकता दिनुपर्छ ।’
 
निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा. रामप्रसाद घिमिरे समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपूर्ण हुनुपर्ने बताए। कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निगम प्रतिबद्ध रहेको स्पष्ट पारे।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : १९ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी