अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ : पुन  « Khabarhub

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ : पुन 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन् । 

स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए । 

हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो । पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने  राष्ट्रियता पक्षधर शक्तिहरुबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिए ।

  ‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ । अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व  नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता,  अखण्डताका पक्षधर देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ’, पुनले भने ।
 
मुलुकको राजनीति अत्यन्तै अस्थिर  र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औंल्याए ।

 ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चियजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ’, उनले भने । 

पुनले राजनीतिमा सँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताए । ०७२ को महाभूकम्प र कोभिड–१९ महाकारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उल्लेख गरे । आन्दोलनका क्रममा भएको विश्वंशका कारण निजी क्षेत्रको मनोबल गिरेको उनको भनाइ थियो ।

 ‘भूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तँग्रिन खोजिराखेका बेला भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विश्वंशहरुले लगानीकर्ताहरुको मनोबल गिरिराखेको अवस्था छ । तग्रिँदै गएको अर्थतन्त्र फेरि सुस्ताएको छ’, पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले भने । 

फरक प्रसंगमा उनले पुस्तापुस्ताबीच विभाजन ल्याउने राजनीतिले मुलुकको हित नगर्ने स्पष्ट गरे ।

 ‘नयाँ र पुरानो भनेर हुँदैन । जेन-जी भनेको पुस्ता हो । त्यो पनि एक दिन पुरानो हुन्छ । मुलुक बनाउने हो भने पुस्ताका बीचमा द्वन्द्व होइन ।  अन्तरघुलन हुनुपर्छ’, उनले भने, ‘पुरानो पुस्ताको अनुभव, बीचको पुस्ताको सन्तुलन र नयाँको जोश जाँगर मिलाएर मुलुक, समाज र पार्टीहरु अगाडि जानुपर्ने हुन्छ ।’ 

अर्को एक फरक प्रसंगमा उनले विश्व राजनीतिमा नियमबद्ध विश्वव्यवस्था र विचारधारात्मक खेमाबन्दीको नियम तोडिएकाले संसारभर अस्थिरता उत्पन्न भएको तर्क गरे ।

 ‘पहिला नियमबद्ध विश्वव्यवस्था वा आइडोलीजीकल रुपले खेमाबन्दी हुने विश्वव्यवस्था भनिन्थ्यो । पुँजीवादी देशहरु एकातिर र समाजवादी देशहरु अर्कोतिर विचारधारात्मक रुपले खेमाबन्दी हुन्थ्यो । तर, अहिले के भयो भने विश्वमा कुनै नियम छैन । ठूला र शक्तिशाली देशहरुले जे भन्यो त्यही नै नियम हुनेजस्तो अवस्था छ । वैचारिक रुपले पुँजीवादी बाटो अँगालेका देहशरुका बीचमा पनि मारामार छ । समाजवादी या समाजवाद उन्मुद देशहरुका बीचमा पनि सहकार्य छैन । 

यस प्रकारले भन्दा विश्व न विचाराधाले चलेको छ न कुनै विश्वसंस्थाहरुको नियमले चलेको छ । न विश्वव्यापी आपसी सम्झौताबाट चलेको छ’, पुनले भने,‘ठूला देशहरु सम्झौताबाट पछि हट्ने प्रवृत्ति रहँदा विश्व राजनीतिमै अस्थिरता छ । विश्वव्यापी राजनीतिक अस्थिरता र नियमविहीनताले विश्वव्यापी आर्थिक मन्दीको खतरा छ ।’  

सूचना प्रविधि र यातायातको सुगमताका कारणले विश्व नै सानो गाउँमा परिणत भएको चर्चा गर्दै उनले संसारको एउटा कुनामा हुने  घटनाबाट अर्को कुनामा रहेको देशको राजनीति र अर्थतन्त्र प्रभावित हुने अवस्था विद्यमान रहेको औंल्याए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ५ : ४२ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि