विशेष महाधिवेशनले नयाँ नेतृत्व र नीतिको छिनोफानो गर्छ : उदयपुर कांग्रेस सभापति कार्की « Khabarhub

विशेष महाधिवेशनले नयाँ नेतृत्व र नीतिको छिनोफानो गर्छ : उदयपुर कांग्रेस सभापति कार्की




काठमाडौं- नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको तयारी तीव्र बन्दै गएको छ । राजधानीका भृकुटीमण्डप, बागबजार र पुतलीसडकसहितका मुख्य क्षेत्रहरू यतिबेला रुख र चारतारे झण्डाले सजिएका छन् ।

विशेष महाधिवेशनमा सहभागिता जनाउन देशभरका जिल्लाबाट प्रतिनिधि तथा समर्थकहरू काठमाडौं भित्रिने क्रम बढ्दो छ । यसै क्रममा उदयपुर जिल्ला समितिसहित जिल्लाका दुई निर्वाचन क्षेत्रबाट निर्वाचित ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाको टोली काठमाडौं प्रस्थान गरिसकेको छ ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र चर्किएको बहस, बहुमत प्रतिनिधिको अडान र आगामी राजनीतिक दिशाबारे बुझ्न खबरहबले उदयपुर जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि हिमाल कार्कीसँग गरेको कुराकानीको सम्पादित अंशः

विशेष महाधिवेशनलाई लिएर उदयपुर जिल्ला कार्यसमितिको धारणा के हो ?

नेपाली कांग्रेस उदयपुरको सिङ्गो जिल्ला समिति र ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये जिल्लाको २ निर्वाचन क्षेत्रकबाट चुनिएका ४२ जना प्रतिनिधिले हस्ताक्षर गरेर बुझाइसकेका छौँ । यो संख्या अझै बढ्ने देखिएको छ । केही महाधिवेशन प्रतिनिधि काठमाडौंमा हुनुहुन्छ । हामी केही भने आज काठमाडौं जाँदैछौँ ।

विशेष महाधिवेशन गर्नैपर्ने अवस्था किन देख्नुभयो ?

नेपाली कांग्रेस विधिसम्मत चल्ने लोकतान्त्रिक पार्टी भएकाले कठिन परिस्थितिमा पार्टीको विधानको धारा १७, २ अनुसार ताजा जनादेसहित निर्वाचनमा जान ५४ प्रतिशत बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेको हो ।

मागेको समयमा नियमित भएको भए हामी यसरी धाउनुपर्ने हुँदैनथ्यो । तर केन्द्रीय कमिटीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्तारक्षरलाई जुन ढङ्गबाट अवमूल्यन गरेको छ, यसले सिङ्गो पार्टी संगठनमा आवद्ध भएका इमान्दार कार्यकर्ताको भावनामा चोट पुर्‍याएको छ ।

विशेष महाधिवेशनमा केन्द्रीय कार्यसमिति मौन हुनु र त्यसलाई औचित्य नै छैन भनेर केही नेताहरुले सार्वजनिक अभिव्यक्ति दिनु यो पार्टी हितमा छैन र आम कार्यकर्ताको मर्म र भावना विपरीत छ । सिंगो कांग्रेसलाई यस किसिमका क्रियाकलापले थप घाटा पुर्‍याउँछ । अहिलेको परिवर्तित परिस्थितिमा विशेष महाधिवेशनले नयाँ नेतृत्व, नयाँ नीति र रुपान्तरित कांग्रेस भएर जनताका बीचमा जानका निमित्त आगामी कार्यक्रम तय गर्नेछ । यो नै हामी बहुमत प्रतिनिधिको चाहाना हो ।

निर्वाचनको मुखमा यसरी जाँदा कांग्रेस कहाँ पुग्ला ?

पार्टीलाई अझ मजबुत, संगठित र उर्जाशील बनाउन महाधिवेशन प्रतिनिधिले गरेको निर्णय हो । यसले पार्टीलाई अझ बलियो बनाउँछ । देशले परिवर्तनको रुप खोजिरहेको अवस्थामा महाधिवेशन नगरी जाँदा हामीसँग पार्टी रुपान्तरणबारे जनाताले प्रश्न गर्दा दिने उत्तर समेत हुँदैन । यसमा कम्फर्ट जोनमा बसेका र परिवर्तन नचाहेकाहरुले महामन्त्रीहरुलाई अनेकन आरोप लगाइरहेका छन् । त्यसरी लगाइएको आरोप पूर्वाग्रही छ । यसमा उहाँहरुको हस्ताक्षर पनि छैन ।

हुन त महाधिवेशन प्रतिनिधिको मागलाई उहाँहरुले सम्बोधन मात्रै गर्नुभएको हो । विधानसम्मत बुझाएको हस्ताक्षर अनुसार नियमिति महाधिवेशन गर्न केन्द्रीय समितिलाई तीन महिना समय दिइएको थियो । त्यसमा मिति त तोकियो तर अन्य तयारीमा नियतवस नै लाग्न दिइएन र लागिएन पनि । यसमा महामन्त्रीद्वयले ऐतिहासिक र गहन निर्णय गर्नुभएको छ ।

केन्द्रीय समिति र सभापति विशेष महाधिवेशन नगर्ने भन्ने निर्णयमा अडिग देखिँदा महामन्त्रीद्वयको तयारी रोकिएको छैन । यसरी त पार्टी फुट्छ भन्ने चर्चा पनि सुनिन्छ नि ?

पार्टी फुट्ने र फुटाउन खोजिएको भन्ने तर्कमा कुनै दम छैन । यो गलत मनसायबाट व्यक्त गरिएको गलत तर्क हो । पार्टीको विधानले व्यवस्था गरेको धारालाई आवश्यकताका आधारमा प्रयोगमा ल्याउँदा पार्टी फुट्ने भएदेखि किन विधानमा यो व्यवस्था गरियो ? विशेष परिस्थिति आएको खण्डमा प्रयोग गर्न नेपाली कांग्रेसको विधानले नै सुरक्षित गरेको छ । महाधिवेशन प्रतिनिधिले यसलाई नै सदुपयोग गरेका हुन् ।

केन्द्रीय समितिको ह्वीप नमान्दा कारबाही पनि होला नि ?

यो सडकमा नाराजुलुस गरेर नेतृत्वलाई विस्थापित गर्ने अभियान होइन । यो त जबरजस्त विधानको अधिकार अनुसार कानुनी प्रक्रिया पुर्‍याएर गरिएको बहुमत सदस्यको माग हो । विधानको पालना गर्दा कसैले कारबाहीको चेतावनी दिन्छ र गर्छ भने सबै कार्यकर्ता त्यो भोग्न तयार छौँ । यो नेपाली कांग्रेस कार्यसमितिको लाचारपन हो । बहुमत महाधिवेशन प्रतिनिधिको मागलार्ई छलफलको विषय नबनाउनु बेवास्ता गर्नु गलत छ , पार्टीमा यसले गलत नजिर स्थापित गर्छ ।

जुन महाधिवेशन प्रतिनिधिले उहाँहरुलाई निर्वाचित गरेर केन्द्रीय कमिटीसँगै नेतृत्वमा पुर्‍याएको छ, उहाँहरुलाई त्यो ठाउँमा स्थापित गराएको छ । उहाँहरुले जुन घमण्डको साथ हामी संस्थापन भन्नुहुन्छ, त्यो संस्थापन बनाउने पनि हामी नै हो । हाम्रो आवाजलाई रोक्ने छेक्ने प्रयास केन्द्रिय समितिले गरिरहेको छ । यो हामी प्रतिनिधि र कार्यकर्तालाई स्वीकार्य छैन ।

महामन्त्रीद्वयको तदारुकतालाई अनुशासनहिनताको आरोप पनि लगाइएको छ, के भन्न चाहानुहुन्छ ?

त्यो उहाँहरुको कपोकल्पित आरोप हो । उहाँहरु कार्यकर्ताको चाहाना विपरीत चल्न खोजिरहनुभएको छ । बहुमतको नाममा पार्टी कब्जा गर्ने, पार्टीमा जाम गराउने दुस्साहस गरिरहनुभएको छ । यससले सिंगो पार्टीलाई कमजोर बनाइरहेको छ । उहाँहरुले यो कुरा समयमा नै बुझ्न जरुरी छ । नयाँ नेतृत्व र नयाँ नीति पास गरेर उर्जाहिल भएर फल्गुन २१ गते हुने निर्वाचनमा जान्छ ।

सभापतिका लागि केही सन्देश छ ?

बहुमत प्रतिनिधिको मागमा हुन लागेको महाधिवेशनमा केन्द्रीय सभापति आदरणीय शेबहादुर देउवा दाईलाई विनम्रतापूर्वक आग्रह र अनुरोधका साथ जीवनको उत्तराद्र्धसम्म तपाईले जुन भूमिका निर्वाह गरेर पार्टीमा देन दिनुभएको छ, त्यसलाई जीवन्त राख्न कार्यक्रममा आएर सम्बोधन गरिदिनु भए सुनमा सुगन्ध हुने थियो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ०१ बजे

बादलले भने- कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकता बदल्नुपर्छ

काठमाडौं– नेकपा एमालेका नेताहरूले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका